Sajhamanch Archive

सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन

Published: in गीत/संगीत/मनोरञ्जन by .

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ । चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् ।

प्रेमकथामा आधारित रहने यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा पौडेलकै कथा, गीत र लगानी छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मीको साथमा नायक पुष्प खड्का, सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको मुख्य भूमिका छ ।

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यसअघि चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधिर पराजुली छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *