Sajhamanch Archive

प्रहरी र राजावादीबीच घम्साघम्सी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा सामान्‍य झडप भएको थियो।

बाजागाजासहित र्‍यालीमा सहभागीहरु छेउबाट नहिडी मूल सडकमा हिँडेपछि प्रहरीले यातायात अवरोध नगरि पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। तर सहभागीहरुले अटेर गरेपछि प्रहरीले अध्यक्ष राणा लगायतलाई धरपकड गर्न खोजेको थियो । सोही क्रममा केही समय धकेलाधकेल भएको थियो ।

केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाएका थिए। प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेको उत्तेजित भिडलाई प्रहरीले रोक्न खोजेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *