Sajhamanch Archive

वीरेन्द्र क्याम्पसको १२ औं क्याम्पस सभा सम्पन्न

Published: in विविधा by .

भद्रपुर । भद्रपुर १० स्थित वीरेन्द्र नमुना क्याम्पसको १२ औं क्याम्पस सभा विविध कार्यक्रमका बीच सम्पन्न गरिएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी सम्मान सहित कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पाखरेल, नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, वीरेन्द्र माध्यमिक विद्यालय व्यव्यस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *