Sajhamanch Archive

यस वर्ष कनकाई धार्मिक माइमेला नलाग्ने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । वर्षेनी लाग्दै कनकाई धार्मिक माइमेला यस वर्ष नलाग्ने भएको छ । कोरोना भाइर संक्रमणो जोखिम रहेकाले शिवसताक्षी नगरपालिकाले कनकाई माई मेला नलाउने निर्णय गरेको हो ।

प्रदेशकै ठूलो मेलाको रुपमा चिनिएको माइमेला कोरोना भाइरस संक्रमणको जोखिमले यस वर्ष नलाउने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले बताइन् । उनले स्वस्फर्त रुपमा मकर नुहाउन आउने मानिसहरुलाई खुल्ला गरिएको जानकारी दिइन् ।

धार्मिक क्षेत्रमा दैनिक रुपमा बस्ने पुजा सामाग्रीको पसल बाहेक अन्य पिङ्क, होटल, अन्य समाग्रीहरु पसल सञ्चालन गरी भीड भाड गर्न नदिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यहाँ स्नान गर्न नेपालका वभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत, भुटान र बंगलादेशबाट समेत हजारौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *