Sajhamanch Archive

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ ।

डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।

महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ ।

अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *