Sajhamanch Archive

अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थाल्यो : सञ्‍चारमन्त्री गुरुङ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा उनले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

मन्त्री गुरुङले समाचारका माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व व्यवस्थापन गर्न सकिने भए पनि अहिले ठीक उल्टो पत्रकारिता भइरहेको बताए ।

अहिले पत्रकार देख्‍नेबित्तिकै डराउनुपर्ने अवस्था रहेको उनको टिप्पणी थियो । सरकारले राम्रो काम गरे पनि विरोध नै गर्नुपर्ने भन्दै पत्रकारिता पेसाको सम्मानका लागि सच्चिनुपर्ने आवश्‍यकता रहेको बताए ।

राम्रो कामको प्रतिपक्षी दलले पनि प्रशंसा गर्ने गरेको भए पनि सञ्‍चारजगत् किन पूर्वाग्रही भएको भन्दै आश्चर्य व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *