Sajhamanch Archive

झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्ला सहकारी संघको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल रहेकी थिइन् ।

साधारणसभामा संघका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघमा २०७७ असार मसान्तसम्ममा ५०७ संघसंस्था आवद्ध रहेको र शेयर पूँजी २ करोड ६८ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको उल्लेख गरे ।

संघमा हाल १९ करोड ६२ लाख ९ हजार २७ रुपैयाँ निक्षेप रहेको र कोष हिसाब ७ करोड ९५ लाख ९२ हजार ४५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख  छ ।

उक्त अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि मल्लले नेपालको सहकारीमा ५६% महिलाको सहभागिता रहेकोले सहकारीमा आवद्ध भएर नेपाली महिलाहरुले व्यवसायिक क्षेत्रमा पनि आफूहरुलाई अबल सावित गर्न सफल भएको उल्लेख गरिन् ।

मल्लले नयाँ प्रविधिहरु सहकारीमा ल्याउन सके नेपालको अर्थतन्त्र मजबुत हुनुका साथै देश सम्वृद्धिको बाटो तर्फ लम्कने जिकिर गरिन् ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मी उप्रेती, नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी लगायतले आ-आफना धारणा राखेका थिए ।

संघका उपाध्यक्ष गीता कुंवरले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *