Sajhamanch Archive

ओलीले रगत, खकार र डिएनए जाँचेर ‘हनुमान’ बनाउँछन्: माधव नेपाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइमानी भनेका छन् ।

उनले प्रधानमन्त्री ओली झूटो बोल्ने मानिस भएको पनि आरोप लगाएका छन् । काठमाडौंमा आज आफू पक्षका नेता-कार्यकर्ताको भेलामा बोलेका अध्यक्ष नेपालले ओलीमा इमान्दारिता भन्ने चिज नै नभएको बताए ।

‘उहाँले मैले कुनै पनि नियुक्ति गरेको छैन भनेर पार्टीमा भन्नुभयो। तर उहाँ बेइमान हुनु हुँदो रहेछ। झूटो बोल्नुभयो । कमिटीलाई पटक/पटक ढाँट्नुभयो । उहाँ ढटुवा पनि हो । उहाँमा इमान्दारिता नामको चिज छैन,’ उनले भने ।

ओलीले कार्यकर्ताको मूल्यांकन गर्दा रगत, खकार र डिएनए टेष्ट पनि गर्ने गरेको उनको भनाइ थियो ।

केपी ओली कार्यकर्ताको मूल्यांकन गर्दा पहिले रगतको जाँच गर्नुहुन्छ । खकारको जाँच गर्नुहुन्छ । अनि रगत र खकारले पुगेन भने डिएनए टेष्ट गर्नु हुन्छ,’ उनले थपे, ‘त्यसको आधारमा आफूसँग मिल्यो भने बल्ल जिम्मेवारी दिनुहुन्छ । डिएनए टेष्टमा पास भएका मानिस रेल्वे बोर्डमा जिएम बन्छन् अनि सबै ठाउँमा नियुक्ति पाउँछन् ।’

आफूहरू ओलीको दास नभएको पनि उनले बताए । ‘ती ब्रान्डका मानिस सबै ठाउँमा फेला पर्छन्। तिनै ब्रान्डका मानिस केपी ओलीका ‘हनुमान’ हुन्छन् दास हुन्छन्। हामी ओलीका दास होइनौं,’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *