Sajhamanch Archive

सरकारले बनायो हल संचालन तथा अनुगमनको मापदण्ड

Published: in गीत/संगीत/मनोरञ्जन by .

नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गर्यो । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ ।

सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ ।

कोरोना भाइरस महामारीका कारण चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा आएका थिए । त्यसको १५ दिनपछि सरकारले हल खोल्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले हल खोल्ने अनुमती दिएसँगै संचार मन्त्रालयले हल संचालनका लागि मापदण्ड तयार पारेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *