Sajhamanch Archive

प्रदेश १ मा १६ संक्रमित थपिए, १२ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश नं.१ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश–१ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश–१ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा कोरोना संक्रमितको संख्या ३० हजार ६५ पुगेको छ ।

प्रदेश–१ मा बिहीबार १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३८४ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *