Sajhamanch Archive

‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by .

चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले चलचित्र रिलिज गर्न लागेको हो ।

चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शबद छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।

यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटीको नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *