Sajhamanch Archive

नगर स्तरीय दूधे रंगशाला कम्पाण्डको काम सम्पन्न, ६ वर्षसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगाशालाको घेराबाराको काम सकिएको छ ।

नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको हो । शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित ११ र ९ नं. वडा कार्यालयसँग जोडिएको रंगशालाको ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा चारैतिर १० फुट अग्लो वाल लगाइएको छ । वालसँगै दक्षिण र पश्चिम पट्टी गेटको पनि काम सम्पन्न भएको रंगशाला निर्माण उपभोक्ता समितिले जनाएको छ ।

नगरपालिकाको गुरु योजनाको रुपमा रहेको रंगशालामा प्याराफिट निर्माणका लागि खेलकुद मन्त्रालयमा प्रोपोजल पेश गरिएको नगरप्रमुख चन्द्रकुमार सेर्माले जानकारी दिए । उनले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सहितको टोलीले निर्माधिन रंगाशाला अवलोकन समेत भइसकेको बताए । त्यसका लागि नगरपालिकाले डिपिआर तयार गर्ने समेत उनले जानकारी दिए ।

रंगाशालाका लागि केन्द्रसरकारबाट अघिल्लो आ.व.सम्ममा ६० लाख, प्रदेश सरकारबाट ६५ लाख र नगरपालिका विनियोजत १५ लाखबाट कप्पाउण्ड निर्माण गरिएको हो । यस आ.व.मा रंगाशालाको इ.आ.ए.को लागि नगरपालिकाबाट १५ लाख बजेट विनियोजन गरेको रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम लिवाङले जानकारी दिए । उनले क्रमागत रुपमा बजेट विनियोजन भएकाले पनि रंगाशालाको कम्पाण्ड निर्माणमा मात्र ३ वर्ष वितेको बताए ।
त्यस्तै यसै आ.व.मा प्रदेश सरकारबाट विनियाजित १५ लाख बजेटले कम्पाउण्डको माथिल्लो भाग लगाएको गृल, दुई वटा गेट लगाइएको फलामको ढोकामा रंगरोगन लगाइने र नगर स्तरीय खेलकुदका लागि समान्य मैदान मर्मत गर्ने जानकारी दिए ।

नगरपालिकाले रंगाशालाका मास्टर प्लान्ट बनाउँदा करिब १३ विगाह जग्गाको क्षेत्रफलमा रहेर बनाए पनि वन क्षेत्रबाट छुट्याउँदा हाल जग्गा ६ विगाह १५ कठ्ठा मात्र रहेको अध्यक्ष लिवाङले जानकारी दिए । उनले मास्टर प्लान्टमा राखिएका खेलकुदका फुटबल, भलिबल, क्रिकेट, स्वीमिङ्ग, लगायतका संरचना बनाउन जग्गा अपुग हुने बताए । हाल कम्पाण्ड गरिएको क्षेत्रफलमा फुटबल र भलिबलको मात्र प्याराफिट अटाउँन सकिने उनको भनाई छ ।

प्याराफिट निर्माणमा डिपिआर नहुँदा काममा कठिनाई भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरपालिकाले २०७८ साल सम्ममा प्याराफिट निर्माणका लागि डिपिआर तयार गर्न सके त्यसको पाँच वर्ष भित्रमा नगरले आफ्नै रंगशालामा फुटबल सञ्चालन गर्न सक्ने निर्माण अध्यक्ष लिवाङले बताए ।

करीब २५ हजार दर्शकले खेलकुद अवलोकन गर्न सक्ने गरी प्याराफिट निर्माण हुनेछ । फुटबल र भलिबलको प्याराफिट निर्माणमा १५ देखि २० करोडमा लाग्ने अनुमान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

क्रमागत रुपमा रंगशाला निर्माणका लागि सरकारले बजेट निकाशा गरे आगामी ५देखि ७ वर्ष भित्र दूधे रंगशालामा सञ्चालनमा आउने अनुमान गर्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *