Sajhamanch Archive

संसद विघटनको विरुद्ध काँग्रेसको प्रदर्शन

Published: (Updated: ) in राजनीति, विविधा by .


कमल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदम विरुद्ध आज देशव्यापी रुपमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध शनिवार देशव्यापी रुपमा कांग्रेसले प्रर्दशन गरेको हो ।

प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले देशव्यापीरुपमा ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने क्रममा आज झापाको कमल गाउँपालिकामा समेत कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

कमल गाउँपालिकाको केर्खा बजारमा भएको विरोध प्रदर्शनमा पूर्व महामन्त्री सदस्य तथा हाल क्षेत्रीय प्रतिनिधी राजन ढुङ्गाना, जिल्ला सदस्य हुकुमसिंह राई, क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, आमन्त्रित केन्द्रिय सदस्य दिलिप राई लगायतले संसद विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनु बताए ।

त्यस्तै झापाको झिलझिलेमा पनि नेपाली कांग्रेस एक कार्यक्रमको आयोजना गरी विरोध प्रर्दशन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *