Sajhamanch Archive

सुनको भाउ तोलामा ७०० ले ओरालो

Published: in अर्थतन्त्र, समाज by .

झापा । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिनमा १२ सय ६० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको भाउ १२ सय ३० रुपैयाँ तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *