Sajhamanch Archive

बाइडनको शपथग्रहण अगाडि प्रदर्शनको आशंका

Published: in विश्व समाचार by .

एजेन्सी । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ ।

रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० ( माघ ७ गते) शपथ ग्रहण गर्दैछन् ।

६ जनवरीमा अमेरिकी संसद क्यापिटल हिलमा जस्तै हिंसा ट्रम्पका समर्थकहरुले फैलाउन सक्ने आशंकामा देशभर सुरक्षा सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीहरुले सशस्त्र मार्च गर्न सक्ने चेतावनी जारी गरेको छ ।

देशभरबाट नेशनल गार्डको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा पठाइएको छ । डिसीमा नेशनल मलहरुलाई बन्द गरिएको छ भने कडा सुरक्षाका बीच राजधानीका सडकमा बारहरु लगाइएको छ । यसैगरी स्थानीय अधिकारीहरुले बाइडनको शपथ ग्रहण समारोह आ-आफ्नो घरमै बसेर हेर्न अपील गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *