Sajhamanch Archive

चारआली जेसिजको आठौं साधारणसभा सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । चारआली जेसिजको आठौं साधारणसभा तथा नयाँ नेतृत्व चयन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाको सभापतित्वमा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष विष्णु रिमाल, पूर्व अध्यक्ष राजेश गिरी, तीर्थ घिमिरे, धनबहादुर तामाङ, रोहित दाहाल र जेसिजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा जेसिजले कोभिड १९ को विषम परिस्थितिमा जनचेतना मुलक कार्यक्रम, खाद्यान्न, सागसब्जी, फलफुल, मास्क, सेनिटाइजर, लत्ताकपडा लगायतका सामाग्रीहरु वितरण गरेको उल्लेख छ ।

निरौलाले आफनो कार्यकालमा बृहत रक्तदान कार्यक्रम तथा मेचीनगर नगरपालिका वडा नंं.१३ का पथारु राजवंशीको घर निर्माण गर्न ६ लाख ७९ हजारको अनुमानित लागतमा आवास निर्माण कार्य सुरु गरेको बताए ।

सो अवसरमा चारआली जेसिज वर्ष २०२० का महासचिव टिकाराम रिजालले महासचिव र कोषाध्यक्ष संगीत शिवाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा अध्यक्ष दिपेन्द्र निरौलाले ५१ हजार बराबरको अक्षयकोष समेत स्थापना गर्ने घोषणा गरेका छन् ।

चारआली जेसिजले वर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ । २०२१ को कार्य समितिको अध्यक्षमा जेसि सन्तोष न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

यसैगरी जेसिजको कार्यकारिणी उपाध्यक्षमा सुजुप सुवेदी र कुमार तामाङ सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन आयुक्त तथा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवालले जानकारी दिए ।

त्यस्तै उपाध्यक्षमा क्रमशः होमनाथ ढकाल, भुपेन्द्र प्याकुरेल, जीवन दाहाल र शिक्षा घिमिरेलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी बाँकी पदाधिकारी नवगठित कार्य समितिले चयन गर्ने छ ।

त्यस्तै साधारणसभाको अवसरमा ४५ जना नयाँ सदस्यहरुलाई स्वागतसहित सपथ ग्रहण गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *