Sajhamanch Archive

अमेरिकामा गोली चल्दा एकको मृत्यु, ६ घाइते

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो ।

फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमा सातजना मानिसहरु गोली लागेर घाइते अवस्थामा फेला परेका थिए । जसमध्ये एकजनाको मृत्यु भइसकेको थियो । मृत्यु हुनेमा २४ वर्षीय पुरुष रहेको प्रहरीले बताएको छ । अहिले घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *