Sajhamanch Archive

३२२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७४ जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक हजार ९६५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *