Sajhamanch Archive

व्यवसायिक प्रवर्धनका लागि इलेक्ट्रोनिक आगो फुक्ने मेशिन प्रदान

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । भद्रपुर ८ नम्वर वडा कार्यालयले घरेलु हतियार बनाउने तथा मर्मत गर्ने व्यवसायीलाई प्रवर्धन गर्ने उद्देश्यले इलेक्ट्रोनिक आगो फुक्ने मेशिन प्रदान गरेको छ ।

वडा कार्यालयले भद्रपुर ८ स्थित सगरमाथा चौकमा घरेलु हतियार निर्माण तथा मर्मतको व्यवसाय गरिरहेका कर्णबहादुर नेपालीलाई व्यवसायिक प्रवर्धन गर्ने उद्देश्यले इलेक्ट्रोनिक आगो फुक्ने मेशिन प्रदान गरेको हो ।

नेपाली २५ वर्षयता सोही ठाउँमा रहेका व्यवसाय गर्दै आएका भए पनि उन्नत रूपमा व्यवसाय गर्न सहयोग गरिएको वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए ।

यसै बीच सरूवा भएर गएका वडा सचिव नेत्रप्रसाद पोखरेलको बिदाइ तथा पदस्थापन भएकी वडा सचिव चन्द्रकला ढकालको स्वागत समेत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *