Sajhamanch Archive

दमकमा देखिएका समस्या र चुनौतीका विषयमा पत्रकारसँग छलफल

Published: (Updated: ) in विविधा by .

कमल । इलाका प्रहरी कार्यालय दमकले दमका पत्रकारहरुसँग समासमयिक विषयमा छलफल गरेको छ । दमकमा सुरुवा भई आएका प्रहरी नायव उपरिक्षक(डिएसपी) नवराज कार्कीले आज विहान पत्रकारसँग परिचयसँगै छलफल गरेका हुन् ।

छलफलमा डिएसपी कार्कीले पत्रकारसँग दमकमा देखिएका मुख्य समस्या र चुनौतीका बिषयमा जानकारी लिएका थिए । उपस्थित पत्रकारहरुले दमकमा बढिरहेको लागु औषध कारोबार, काठ तस्करी, सडक दुर्घटनाका बिषयमा प्रभावकारी रुपमा काम गर्न सुझाएका थिए ।

साथै पत्रकारलाई प्रहरीले सुचना दिने कुरामा झन्झट दिने गरेको भन्दै दमकको घटनाको सुचना जिल्लाबाट नभई दमकबाटै लिन पाईने ब्यवस्था मिलाउन समेत पत्रकारले डिएसपी कार्कीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै डिएसपी कार्कीले अघिल्ला चरणमा के भए त्यसलाई बिर्सिएर आगामी दिनमा सुचना दिने कार्यलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए । दमकको सुरक्षा ब्यवस्थालाई अझै मजबुत बनाउँदै लागु औषधीको कारोवार गर्नेलाई कडा कार्वाही गरिने र यसका लागी पत्रकारले आवश्यक सहयोग गर्न आग्रह डिएसपी कार्कीले आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *