Sajhamanch Archive

माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव रहेका छन् । अर्का मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा दसजना सामन्य घाइते भएका छन् । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

                                                                                                           अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *