Sajhamanch Archive

गर्भवती, सुत्केरी तथा एलर्जीकाे समस्या भएकालाई खाेप नलगाउन आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोभिड-१९ विरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ ।

कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त तोकेको हो । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई खोप नलगाउन आग्रह गरेको छ ।

यस्तै, गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि खोप नलगाउन कम्पनीले आग्रह गरेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । कम्पनीले खोप लगाएपछि गम्भीर एलर्जी हुन सक्ने र श्वास फेर्नसमेत समेत समस्या हुन सक्ने, रिँगटा लाग्ने, कमजोर महशुस हुने जस्ता लक्षण देखिने पनि बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *