Sajhamanch Archive

‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’

Published: in प्रदेश तह, राजनीति by .

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ जनादेशले झनै सुदृढ हुने बताएका हुन् ।

“मुलुक चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त झनै सुदृढ हुन्छ नि,” उनले फेसबुक स्टाटसमा लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *