Sajhamanch Archive

६० मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार : डब्ल्यूएचओ

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म कोरोनाबाट विश्वभर २० लाख मानिसको मृत्यु भइसकेको छ । नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुकहरु समस्यामा परेका छन् । अहिले धेरै मुलुक कोरोना विरुद्धको खोप धेरै मानिसहरुमा पुगेपछि संक्रमण नियन्त्रणमा आउने आशामा छन् ।

डब्ल्यूएचओका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारजस्तै दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको अर्को प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको छ ।  बेलायतमा पाइएको कोरोनाको नयाँ प्रकार साधारण प्रकारको तुलनामा ५० देखि ७० प्रतिशतसम्म बढी संक्रामक हुने विशेषज्ञहरुले बताउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *