Sajhamanch Archive

बस दुर्घटना : दुईको मृत्यु,१७ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

दाङबाट काँकडभिट्टातर्फ गइरहेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भएर रोडदेखि १० मिटर तल पल्टिँदा बसमा रहेका ३० जनामध्ये दुईको ज्यान गएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका वडा नं.४ मा रहेको सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ आउँदै रहेको बस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

घाइते भएकामध्ये चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्यूरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः ५० बजे भएको दुर्घटनामा ज्यान गुमाउनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

                                                                                                                             उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *