Sajhamanch Archive

पाकिस्तानद्वारा मध्यम क्षमताको मिसाइल परीक्षण

Published: in विश्व समाचार by .

एजेन्सी । पाकिस्तानले मन्ध्यम दुरी क्षमताको मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार दुई हजार ७५० किलोमिटर दुरी क्षमताको साहीन तेस्रो ब्यालेस्टिक मिसलाइल सफलतापूर्वक परीक्षण गरिएको हो ।

पाकिस्तानले अहिले परीक्षण गरिएको मिसाइलले न्युक्लियर हतियार बोक्न सक्छ कि सक्दैन भन्ने उल्लेख भने गरेको छैन । पाकिस्तानले यसअघि नै आफूसँग न्युक्लियर हतियार बोक्नसक्ने क्षमता रहेको दाबी गरिसकेको छ ।

साहीन तेस्रो पाकिस्तानको सबैभन्दा लामो दुरीमा मार हान्ने क्षमता भएको मिसाइल हो । पाकिस्तानले भारतलाई लक्षित गरी लामो दुरीको मिसाइल बनाएको हो ।

पाकिस्तानको सेनाले मुलुकको सार्वभौमिकतामा आँच आउने कुनै पनि आक्रमणकबाट बच्न यस किसिमको मिसाइल आवश्यक रहेको बताएको छ । पछिल्लो समय भारत र पाकिस्तान दुवैले निरन्तर मिसाइल परीक्षण गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *