Sajhamanch Archive

कोरोना कहरमा पनि आलियाको ठूलो कमाई

Published: in गीत/संगीत/मनोरञ्जन by .

वर्ष २०२० विश्वभरको फिल्म इन्डस्ट्रीका लागि खराब समय रह्यो । कोरोनाका कारण कयौं ठूला फिल्म रिलिज हुन सकेनन्, तयारीमा रहेका फिल्मको पनि रिलिज डेट सारियो । कयौं कलाकार आर्थिक समस्याबाट गुज्रन बाध्य भए । तर, बलिउडका केही सेलिब्रेटीले भने यसको सामना गर्नुपरेन । कोरोना कहरको समयमा पनि उनीहरुले विज्ञापनबाट मनग्य आम्दानी गरेका छन् ।

अभिनेत्री आलिया भट्टको कुरा गर्ने हो भने उनले कोरोना महामारीका कारण भएको लकडाउनमा एकदमै आनन्दपूर्वक समय विताइन् । यो समयमा उनी अभिनीत फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । यसले दर्शकबाट तालीभन्दा गाली बढी खाए पनि आलियालाई खासै फरक पारेन । अहिले उनी फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकनमा व्यस्त छिन् ।

२०१९ मा फिल्म र विज्ञापनबाट ५९ करोड १२ लाख कमाएकी उनले लकडाउनमा फिल्मको काम नहुँदा पनि विज्ञापनबाट ठूलो आम्दानी गरेकी छन् । ‘गल्ली ब्वाई, कलंक’ फिल्मबाट राम्रो कमाई गरेकी उनले लेज, फ्रूटी र फ्लिपकार्ट विज्ञापनबाट लकडाउनमा पनि आकर्षक कमाई गरेकी थिइन् । उनी अभिनीत दुई फिल्म ‘ब्रह्मास्त्र र आरआरआर’ प्रदर्शनको पखाईमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *