Sajhamanch Archive

लागुऔषध दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजद्वारा बजार परिक्रमा

Published: in विविधा by .

बुधबारे । बुद्धशान्तिमा लागुऔषध प्रयोगकर्ता बढ्न थालेपछि त्यसको न्युनिकरणका लागि शनिबार बुधबारे जेसीजले बृहत ¥याली सम्पन्न गरेको छ । करीव ३ सय बढीको सहभागिता रहेको ¥यालीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख सहित प्रहरीहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि र जेसीजका पदाधिकारीको सहभागिता थियो ।

लागुऔषध तथा दुव्र्यसनी विरुद्धका सचेतना मूलक प्ले कार्डहरु सहितको ¥याली गरिएको हो । बुद्धशान्ति गाउँपालिकाको परिषरबाट सुभारम्भ भएको ¥याली बुधबारे बजार परिक्रमा गर्दै पुनः सोहि ठाउँमा पुगेर अन्त्य भएको थियो ।

बुधबारे जेसीजले वर्ष २०२१ को पदहस्तान्तरण यता आधादर्जन बढी कार्यक्रम आयोजना गरिसकेको छ । जसमा जेसीजका युवालाई प्रि इन्डक्सन तालिम, लोपोन्मुख भाले जुधाई कार्यक्रम, जेसीजमा लागेका युवाहरुको व्यवसाय प्रवद्र्धन अन्तर्गत ‘जेसीको व्यवसाय प्रवद्र्धन कार्यक्रम’, आनन्देश्वर शिव मन्दिर गुरुकुल संस्कृत पाठशालाका विद्यार्थीहरुलाई गीताको किताव सहित सम्मान तथा खाद्यान्य वितरण, जाडोमा समस्या बेहोरिरहेका शान्तिनगर क्षेत्रका १६ अतिविपन्न विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण, बुद्धशान्तिका १५ अतिविपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण लगायतका कार्यक्रम आयोजना गरिसकेको छ ।

यसैबीच लागुऔषध तथा दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजले थालेको अभियान सफल बनाउन जमुनादेवी चापागाईले जन्मदिनको अवसर पारेर २५ हजार सहयोग गरेकी छिन् ।

आफ्नो जन्मदिनको अवसर पारेर बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईकी धर्मपत्नि जमुनादेवी चापागाईले बुधबारे जेसीजले थालेको लागुऔषध विरुद्धको अभियान सफल बनाउन रु २५ हजार रुपैँया सहयोग गरेकी हुन् ।

उनले आफ्नो जन्मदिनमा सामाजिक दायित्व बनेको लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियानमा सहयोग गरेको बताउँदै लागुऔषधले युवा पुस्तामा नराम्रो असर पर्ने हुँदा त्यस तर्फ सचेत बन्न सम्पूर्ण युवालाई आव्हान गर्दै सम्भ समाज निर्माणमा थोरै भएपनि सहयोग गरेको चापागाईले बताइन् । उनले प्रदान गरेको चेक उनका श्रीमान् बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेलाई प्रदान गरेका थिए ।

आप्mनो जन्मदिनमा बुधबारे जेसीजको अभियान सफल बनाउन आर्थिक सहयोग गर्नुहुने उहाँलाई बुधबारे जेसीजको तर्फबाट अध्यक्ष अनिल वाग्लेले धन्यवाद व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *