Sajhamanch Archive

कमल गाउँपालिकामा निःशुल्क आयुर्वेद शिविर

Published: in स्थानीय तह, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकामा निशुल्क आयुर्वेदिक शिविर सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको आयोजनामा वडा नम्वर ६ स्थित गेउरियामा बजारमा सम्पन्न शिविरमा ६३ जनाले सेवा लिएका कमल गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत ईन्द्र अर्यालले जानकारी दिए ।

शिविरमा नसर्ने रोग सुगर, प्रेसर, ग्याष्टिक, छालाको एलर्जी लगायतका विरामी बढीमात्रा आएका गाउँपालिकाले जनाएको छ । उनीहरुलाई स्वस्थ्य परिक्षण पछि निशुल्क औषधी वितरण गरिएको थियो ।

 शिविर प्रत्येक महिनाको १० र २५ गते नियमित रुपमा संचालन हुने स्वास्थ्य शाखाका अधिकृत अर्यालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *