Sajhamanch Archive

निर्धक्क कोरोनाविरुद्धको खोप लगाउन मन्त्री त्रिपाठीको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा नेपाल महत्वपूर्ण चरणमा पुगेको बताएको छ ।

भारतबाट उपलब्ध खोप लगाउने अभियानको तयारी सकिएको भन्दै सरकारले जनतालाई कारोना खोप निःशुल्क दिने कार्यमा महत्वपूर्ण चरणमा आइपुगेको बताएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना अपडेटसम्बन्धी आजको नियमित प्रेस ब्रिफिङमार्फत खोप अभियानको सबै तयारी पूरा भएको र यही माघ १४ गते बुधबारदेखि खोप अभियान सुरु हुने जानकारी दिए ।

‍मन्त्री त्रिपाठीले भारतको कोरोना खोप निर्धक्क भएर लगाउनसमेत अनुरोध गरेका छन् । उनले माघ १४ गते देशव्यापी रूपमा ७ वटै प्रदेशको ६२ वटा अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सुरु हुने उनले बताए ।

पहिलो चरणमा प्राथमिकतामा रहेका लक्षित वर्गमा रहेकालाई खोप प्रदान गरी खोप अभियान शुभारभ्म हुने मन्त्री त्रिपाठीले बताए । अहिले अनुदानमा आएको १० लाख कोरोनाको डोज ४ लाख २० हजार व्यक्तिलाई लगाउने लक्ष्य रहेको र यस कार्यले तीव्रता पाएको पनि उनले जनाए ।

उनका अनुसार सातै वटै प्रदेशमा रहेका अस्पताल र काठमाडौं उपत्यकामा रहेका प्रमुख अस्पतालमा एकैसाथ प्रधानमन्त्री ओलीले खोप अभियानको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नेछन् ।

जसअनुसार माघ १४ गते सातै वटा प्रदेशका ६२ वटा अस्पताल र १ सय २० भन्दा बढी केन्द्रबाट खोप अभियान शुरु गरिनेछ। माघ १८ गतेभित्र ७७ वटै जिल्लाका ३ सय वटा खोप केन्द्रमार्फत खोप दिइनेछ ।

पहिलो चरणको अभियान सुरु गरेको बढीमा १० दिनभित्र अर्को खोप लगाइसक्ने लक्ष्य रहेको मन्त्री त्रिपाठीले बताए । पहिलो चरणमा लगभग ४ लाख ३० हजार जनाले खोप पाउने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *