Sajhamanch Archive

शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । झापा शिवसताक्षी न.पा. ८ स्थित बुद्धचोकमा युङ्गी क्याफे एण्ड बार औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

उक्त क्याफेको आइतबार नगरप्रमुख चन्द्रकुमार सेर्मा र गायक सिताराम ताजपुरियाले रिवन काटेर संयुक्त रुपमाले उद्घाटन गरेका हुन ।

उद्घाटनको क्रममा बोल्दै नगरप्रमुख सेर्माले झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा ल्याएर रोजगारी सृजना गरेकोमा सञ्चालकलाई बधाई दिएका थिए । उनले क्याफेमा गुणस्तरीय मापदण्ड अपनाए मात्र व्यवसाय सञ्चालन गर्न सुझाए ।

नगरमै ठूलो लगानीमा व्यवसाय सुरु गरिएको छ, उनले भने, यस व्यवसायलाई अझ व्यवस्थित बनाउन बहु–साँकृतिक संरचना निर्माण गर्न सकिन्छ ।

उनले यस्ता ठूला व्यवसायीहरुलाई नगरले सहयोग गर्दै आएको स्मरण गराउदै नयाँ योजनाका साथ व्यवसाय गर्न चाहेमा नगरले सहयोग समेत गर्ने बताए ।

युङ्गी क्याफेका सञ्चालक तुला बोखिमले यस क्याफेमा बन्ने सबै चिज विजहरु गुणस्तरीय हुने जानकारी दिए । क्याफेका बीच भागमा विभिन्न डिजाइनका छाता लगाएर बस्ने स्थान बनाइएको छ । जसले ग्राहाकको ध्यान सजिलै खिच्न सक्छ । यो अम्ब्रेला ( छाता ) लगाइएर बनाएको हुनाले ग्राहकले फोटो खिच्न तथा टिकटक बनाउन राम्रो देखिने सञ्चालक बोखिमले बताए ।

आइतबार बेलुका भोइस अफ नेपाल सिजन २ का बिजेता राम लिम्बूले सांंगीतिक प्रस्तुती दिएका थिए ।

त्यसैगरी १२ गते (आज) स्थानीय लिजार्ड ब्याण्डको प्रस्तुती रहने छ भने , १३ गते ट्रिटन ब्याण्ड , १४ गते अमृत थापा मगर र विल्छन बिक्रम राईको प्रस्तुित रहने सञ्चालक बोखिमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *