Sajhamanch Archive

सुन तोलाको २ सय रूपैयाँले सस्तियो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा २०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको मूल्य पछिल्लो तीन साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *