Sajhamanch Archive

कोरोनाले स्वास्थ्य मन्त्रालयकै कर्मचारीको मृत्यु

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ ।

मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत गोदावरी, ललितपुरका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको हो ।

वीर अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठको निधनप्रति समवेदना प्रकट गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *