Sajhamanch Archive

माउन्ट केटुको विश्व कीर्तिमानी आरोही स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु नेपाल फर्किएका छन् ।

निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । नेपाली आरोहीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *