Sajhamanch Archive

प्रदीपको जोडी रेनु

Published: in गीत/संगीत/मनोरञ्जन by .

निर्देशक दिनेश राउत नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’को छायांकन फाल्गुणको दोश्रो साताबाट सुरु हुने निर्माणपक्षले बताएको छ ।

यसैविच, चलचित्रका लागि नायिका पनि फाइनल गरिएको छ । अडिसनबाट धनगढीकी रेनु योगीलाई निर्माणपक्षले नायिकाको रुपमा फाइनल गरेको हो ।

रेनुको प्रस्तुति र चरित्र मिल्ने भएपछि चलचित्रका लागि फाइनल गरिएको दिनेशले बताए । चलचित्रका कास्टिङ डिरेक्टर अनुप बरालले रेनुलाई अडिसनमार्फत छनोट गरेका हुन् । स्नातक अध्ययन गरिरहेकी रेनुले थिएटरमा काम गर्दै आएकी छिन् । उनले हालसम्म, १० भन्दा बढी नाटक, सर्ट मुभी र वृत्तचित्रमा अभिनयगरिसकेकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *