अर्जुनधाराको सेल्फिजोनमा सरसफाई
Published: (Updated: )
by .झापा । पछिल्लो समय पर्यटकहरुको आकर्षण बन्दै गरेको अर्जुनधारा १० स्थित कालीझोडा प्रबेश गर्ने मुख्य सडक खण्ड सेल्फिजोनमा सरसफाई गरिएको छ । कालिका युथ र स्थानीय संजिवनी महिला कृषि सशक्तिकरण समुहको सहभागितामा मंगलबार सरसफाई गरिएको हो ।
प्रत्येक १५ / १५ दिनमा सञ्चालन गरिदै आएको सरसफाई कार्यक्रममा करीव ४० जनाको सहभागीता रहेको थियो । प्रगती सामुदायिक बन, युवा बचत समुह लगायत बिभिन्न संस्थाहरुले सरसफाई कार्यमा सहयोग गर्दै आएको सेल्फिजोनका संयोजक दिपेन्द्र अछामीेले जानकारी दिए ।
आफ्नो ठाउँ आफै बनाउँ भन्ने उद्देश्यले युवाहरुले सञ्चालन गरेको अभियानमा आफुहरुले पनि सहयोग गर्न पाउँदा खुशि लागेको बताउँदै संजिवनी महिला कृषि सशक्तिकरण समुहकी सचिव मिना लामाले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन् ।
सेल्फिजोन अवधारणलाई सफल बनाउन बिदेशमा रहेका यहाँका युवाहरुले आर्थीक सहयोग गरेका कालीका युथका उदय मेन्याङबो लिम्बुको भनाई छ ।
२ लाख ८५ हजारको लागतमा निर्मित यो क्षेत्रमा बस्नका लागी सिमेन्ट र फलामको गरी करीव ३० वटा फलैँचा बनाइएको छ । यो सडक भएर आवतवाजत गर्ने यात्रुहरु मात्र नभएर झापा, ईलाम, मोरङ लगायतका बिभिन्न स्थानबाट सेल्फि लिन, टिकटक, म्युजिक भिडियो, छोटो चलचित्र बनाउन मानिसहरु आउने गरेका छन् ।
आगामी दिनमा पार्क बनाउने, पर्यटकहरुका सहजताका लागी धारा, कल, शौचालयको व्यबस्थापन गर्दै प्रगति सामुदायिक बन हाताभित्र रहेकोले पर्यटकहरुको सुरक्षाका लागी बिभिन्न बिकल्पहरु अपनाइने संयोजक अछामी जानकारी दिए ।
Comments