Sajhamanch Archive

कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् ।

कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका र निजी तथा सरकारी निर्माणको काम पनि प्रभावित भएकोले इँटाको माग घटेकाले उद्योगहरु बन्द भएका उद्योगीले बताएका छन् ।

इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए ।

गएको वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको भन्दै उनले इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी थप समस्यामा परेको बताए ।

उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उनले गुनासो गरे । इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ ।

गएको वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पुँजीको अभाव भएको उनको भनाइ छ ।

                                                                                                   उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *