Sajhamanch Archive

वायुसेवा निगमका कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँ ऋण पाउने

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । बिनाधितो नेपाल वायुसेवा निगमका कर्मचारीले १५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले उक्त ऋण पाउनेछन् ।

आज बिहीबार निगम र राष्ट्रिय वाणिज्य बैंकबीच सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा निगमका महाप्रबन्धक श्री डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, सेवा अवधि ३ वर्षभन्दा कम भएका कर्मचारीले बैंकको कर्जा प्रवाहसम्बन्धी नियमअनुसार ऋण उपलब्ध हुनेछ। निगमका सिफारिसमा कर्मचारीले ऋण पाउने प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *