Sajhamanch Archive

बस दुर्घटना : ३० जना घाइते, ९ को अवस्था गम्भीर

Published: in समाज by .

काठमाडौं । मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

शुक्रबार बिहान मकवानपुरको घियाँलबाट हेटौँडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस बागमती गाउँपालिका वडा नं.४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो ।

३० यात्रु सवार बस दुर्घटना हुदा सबै यात्रु घाइते भएको मकवानपुर प्नहरीले जनाएको छ । दुर्घटनामा चालकसहित २२ जना सामान्य घाइते भएको र ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी हात्तिसुडेले जनाएको छ ।

सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भैरहेको र गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा पठाईएको हात्तिसुडे प्रहरीले जनाएको छ ।

                                                                                                                           थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *