Sajhamanch Archive

१५७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *