Sajhamanch Archive

तेस्रो दिनसम्म खोप लगाउनेको संख्या ४६ हजार १९७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोभिड १९ खोप अभियानअन्तर्गत आज तेस्रो दिनसम्म आइपुग्दा जम्मा ४६ हजार एक सय ९७ जनाले खोप लिएका छन् ।

अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा बिहीबारबाट भने ७७ वटै जिल्लामा अभियान सुरु गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तेस्रो दिन प्रदेश १ मा ७ हजार ३ सय ६९ जनाले खोप लिए भने प्रदेश २ मा ४ हजार ६ सय ५०, वाग्मतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बीनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा ३ हजार ७ सय ८३ जनाले खोप लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *