Sajhamanch Archive

चारआली जेसीजको पद हस्तान्तरण, न्यौपानेले सम्हाले कार्यभार

Published: in समाज by .

मेचीनगर । चारआली जेसीजको सातौं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

चारआली जेसीज वर्ष २०२० का अध्यक्ष जेसी दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष प्रकाश अधिकारी रहेका थिए ।

पद हस्तान्तरण समारोहमा जेसीजले विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । त्यस्तै जेसिज अफ द इअरबाट महासचिव टिकाराम रिजाल र कोषाध्यक्ष संगित शिवाकोटी सम्मानित गरिएको छ ।

सो अवसरमा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले आफना हजुरबुबा तिर्थराज पकुवालको सम्झनामा स्थापित अक्षयकोषको व्याजबाट यस वर्षको एसइई मा उत्कृष्ट अंक ल्याउने शहीद दशरथ चन्द माध्यमिक विद्यालय चारआलीकी विद्यार्थी नमिका खतिवडालाई नगद ५ हजारसहित सम्मानित गरिएको थियो ।

उक्त अवसरमा वर्ष २०२१ को लागि जेसी सन्तोष न्यौपानेको नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ ।

उनले महासचिवमा विरु बेघा, कोषाध्यक्षमा सञ्जय निरौला, कानुनी सल्लाहकारमा भोजराज पराजुली र तालिम निर्देशकमा हरिकृष्ण भण्डारी लगायतलाई मनोनित गरेका छन् ।

जेसिजका वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष सञ्जय निरौलाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन २०२० का महासचिव टिकाराम रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *