Sajhamanch Archive

मेचीनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ नयाँबस्तीमा गर्भवती महिलालाई निःशुल्क क्यालसियम चक्की वितरण तथा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिका वडा नं.१२ तथा धाइजन स्वास्थ्य चौकीको संयुक्त आयोजना र कन्काई हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १८५ जनाले स्वास्थ्य चेकजाँच गराएका थिए ।

उक्त शिविरमा जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी, छाला तथा यौन रोग, इसिजी लगायतका विभिन्न प्रकारका रोगहरुको स्वास्थ्य सेवा प्रवाह गरिएको थियो ।

मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमालको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन समारोहमा मेचीनगर नगरपालिका वडा नं.११ का वडाध्यक्ष सन्तोष मेचे, मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा लामो समयदेखि मेचीनगर नगरपालिका वडा नं.१२ मा कार्यरत दुईजना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा कमला चिमरिया र ज्ञानु लामा रहेका छन् ।

शिविर उद्घाटन कार्यक्रमको सञ्चालन धाइजन स्वास्थ्य चौकी प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।

त्यस्तै उक्त अवसरमा मेचीनगर नगरपालिका वडा नं.१२ ले आफनो वडामा कार्यरत चारजना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई साइकल र झोला वितरण गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *