Sajhamanch Archive

१५ वर्षको उमेरमा प्रेम गरेकी करीनालाई आमाले दिएकी थिइन् यस्तो सजाय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । दोस्रो पटक गर्भवती भएकी बलिउडकी अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । उनी गर्भवती भएको समयमा पनि उत्तिकै सक्रिय रहन्छिन् । उनी सम्बन्ध, प्रेम र फिल्मका कारण चर्चामा आउने गर्छिन् ।

उनी विभिन्न समयमा हुने अन्तरवार्तामा आफ्ना जीवनका रमाइलो पलहरु सेयर गर्ने गर्छिन् । यसैबीच, उनले आफ्नो पहिलो प्रेमसम्बन्धको बारेमा खुलासा गरेकी छिन् । उनले आफू १५ वर्षको उमेरमा नै प्रेममा परेको बताएकी छिन् ।

उनले आफू बालापनमा निकै चन्चल भएको बताउँदै चन्चल भएको कारण आमाको गाली धेरै खाएको समेत खुलाइन् । उनले आफूले गरेका व्यवहारका कारण आमाले उनीमाथि घेराबन्दी लगाएको समेत बताइन् ।

करीनाका अनुसार उनी दिदी करिश्मा कपूर उनीभन्दा ठूली भएकाले उनलाई घरबाट बाहिर खुलेआम हिँड्ने अनुमति थियो । उनले १४/१५ सालको उमेरमा उनलाई एक युवक निकै मन पर्यो । करीनाले उक्त युवकसँग कुराकानी गर्नका लागि आफ्नो कोठामा फोन लुकाएकी थिइन् । उनको यस व्यवहारका कारण उनकी आमा बबीता कपूर निकै रिसाइन् ।

करीनाका हर्कतका कारण उनकी आमाले उनलाई बोर्डिंग स्कुलमा भर्ना गरिदिइन् । जसका कारण उनी स्कुलमा कडा नियमकाबीच पढाई सुरु गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *