Sajhamanch Archive

बसाइँसराइ राेक्न गाउँपालिकाकाे याेजना : ‘जानेलाई बाईबाई, आउनेलाई एक दुहुना गाई’

Published: in समाज, स्थानीय तह by .

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा मानिसहरु सहरबाट गाउँतर्फ बसाइँ सर्न थालेका छन् । बसाइँसराइ रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि मानिसहरु गाउँमा कृषि खेती गर्न बसाइँ सर्न थालेका हुन् ।

गएको आर्थिक वर्ष २०७६/०७७ बाट गाउँपालिकाले बसाइँ सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम सुरु गरेको थियो । त्यो कार्यक्रम सञ्चालनमा आएपछि गएको वर्ष धनकुटाका तीन नगरपालिका छाडेर आधा दर्जनभन्दा बढी परिवार छथर जोरपाटी बसाइँ सरेर आएका छन् ।

गएको वर्ष धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र महालक्ष्मी नगरपालिकाबाट नौ घरपरिवार बसाइँ सरेर छथर जोरपाटी आएको गाउँपालिकाका पशुपक्षी विकास शाखा अधिकृत राजकुमार राईले बताए ।

यसै आर्थिक वर्षको पुस महिनाभित्र पनि गाउँपालिकाले आह्वान गरेको सार्वजनिक सूचनापछि चार परिवारले बसाइँ सरेर आउन आवेदन दिएको शाखा अधिकृत राईले जानकारी दिए । यही माघ १५ गतेसम्म समय सीमा राखेर गरिएको आवेदनमा धनकुटा नगरपालिकाबाट दुई परिवार, महालक्ष्मी नगरपालिकाबाट एक परिवार र सङ्खुवासभाको मादी नगरपालिकाबाट एक परिवारले बसाइँ सरेर आउनका लागि आवेदन दिएका छन् ।

                                                                                                                           उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *