Sajhamanch Archive

भट्टराई कुल वंश प्रतिष्ठानद्वारा प्रहरी उपरिक्षक भट्टराईलाई स्वागत

Published: in विविधा by .

दमक । भट्टराई कुल वंश प्रतिष्ठानले प्रहरी उपरीक्षक सानुराम भट्टराईलाई स्वागत गरेको छ ।

झापा जिल्लामा पछिल्लो समय बढेको लागु औषध दुब्र्यसन र यसको कारोबारलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताएका छन् ।

भट्टराई कुल वंश प्रतिष्ठानले आइतबार गरेको स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भट्टराईले युवा पुस्तालाई लागु औषधबाट जोगाइ मुलुकको असल नागरिक बनाउन अभिभावकहरु पनि उत्तिकै जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराई र केन्द्रिय अध्यक्ष शेरबहादुर भट्टराई लगायत भट्टराई कुल वंश प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुले प्रहरी उपरिक्षक भट्टराईलाई स्वागत गरेका हुन् ।

गुरुकुलमा अध्ययनरत बटुकहरुले स्वस्ती वाचन गर्दै भट्टराईलाई स्वागत गरेको भट्टराई कुल वंश प्रतिष्ठानका जिल्ला सचिव गिरिराज भट्टराईले जानकारी दिए ।

कार्यक्रममा प्रहरी उपरिक्षक भट्टराईले झापा जिल्लाको धेरै क्षेत्र भारतसँग सीमा जोडिएकाले जिल्लामा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवा पुस्तालाई लागुऔषधबाट जोगाई मुलुकको असल नागरिक बनाउन अभिभावकहरु पनि उत्तिकै जिम्मेवार बन्नु पर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *