Sajhamanch Archive

८८ हजार ७ जनाले लगाए काेराेनाविरुद्धकाे खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतवार पाँचौँ दिनसम्म ८८ हजार सात जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवारसम्म प्रदेश नं १ मा १२ हजार सात सय ६३, प्रदेश नं २ मा ११ हजार ५७, वाग्मती प्रदेशमा २८ हजार ६ सय ८३ जनाले खोप लगाएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा १२ हजार तीन सय ११, लुम्बिनी प्रदेशमा १० हजार सात सय ६०, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार आठ सय ७७ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोप यही माघ १४ गतेदेखि देशभर एक सय ८५ खोप केन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

मन्त्रालयले पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरि खोप लगाउन आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *