Sajhamanch Archive

करिश्माको निर्माणमा ‘बनबास’ गर्दै कविता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको निर्माण घोषणा गरेकी हुन् । फिल्मले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् ।

पोस्टरमा उल्लेख भए अनुसार फिल्मले पिता र छोरीको सम्बन्धको कथा भन्नेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने पिताको भूमिकामा अभिनेता सरोज खनाल अनुबन्ध भएका छन् ।

फिल्मलाई करिश्मा आफैंले निर्देशन गर्न लागेको चर्चा छ । तर, यसबारेमा उनले कुनै जानकारी दिएकी छैनन् । कविताको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन लगत्तै उनले छोरीलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म बनाउन लाग्नुलाई धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *