Sajhamanch Archive

मनकामनामा साहित्यिक कार्यक्रम सम्पन्न

Published: (Updated: ) in शिक्षा, साहित्य by .

बिर्तामोड । मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक कार्यक्रम आज सम्पन्न गरेको छ ।

परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया रहेका थिए ।

सो अवसरमा कलेजमा विभिन्न संकायमा अध्ययनरहत विद्यार्थीहरुले कविता, मुक्तक, गजल, गित लगायतका आ -आफना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि थपलियाले यस परिवारले विद्यार्थी वर्गमा सकारात्मक र उत्प्रेरणामुलक साहित्यिक भावना ओतप्रोत गर्न सकेकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा वि.सं.२०७२ सालमा स्थापित उक्त परिवारले विभिन्न समयमा विविध किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

परिवारका कोषाध्यक्ष माल्भिका लक्सम्बाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *