Sajhamanch Archive

चारआली जेसिजद्वारा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण

Published: in समाज, स्वास्थ्य by .

मेचिनगर । चारआली जेसिजले मेचिनगर नगरपालिका वडा नं. १२ का दुईवटा विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्राली बिर्तामोडको सहयोगमा माउन्ट पोइन्ट इङलिस स्कुल र युनिक इङलिस बोर्डिङ स्कुलमा आज सेनेटरी प्याड वितरण गरिएको हो ।

जेसिजका वर्ष २०२१ का अध्यक्ष जेसि सन्तोष न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्रालीका सेल्ल मेनेजर सेमन्त पोख्रेल ,कम्पनी मेनेजर रुसिल श्रेस्ठ, चारआली जेसिजका संस्थापक अध्यक्ष जेसि विष्णु रिमाल, निवर्तमान अध्यक्ष दिपेन्द्र निरौला, कार्यकारिणी उपाध्यक्ष सुजुप सुवेदि, कोषाध्यक्ष सन्जय निरौला, तालिम निर्देशक हरिकृष्ण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै सेल्स मेनेजर पोख्रेलले नेपालको बजारमा मेडिकेटेट चिप प्रयोग गरिएको एक मात्र कन्चनप्याड रहेको दाबी गर्नुका साथै यसको प्रयोगमा एलर्जी नहुने, १२ घण्टा सम्म निरन्तर प्रयोग गर्न सकिने बताए ।

कार्यक्रम संयोजक जेसि शिक्षा घिमिरेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जेसि बिरबहादुर बेघाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *